Logo
१० मंसिर २०८१, सोमबार
(February 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अफगानिस्तानका लागि सहयोग गर्न राष्ट्रसङ्घीय महासचिवको आग्रह

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानका लागि सहयोग गर्न आग्रह गरेका छन् । उनले अफगानिस्तानमा पछिल्लो समयमा मानवीय सङ्कट बढ्दै गएकाले यसमा सहयोग गर्न आग्रह गरेका छन्।

अफगानिस्तानमा तालिबान शासन सुरु भएपछि यहाँका नागरिक समस्यामा परेका र जसका कारण ठुलो मात्रामा मानवीय सहयताको खाँचो परेको बताएका छन् ।

ृउनले संयुक्त राष्ट्रसङ्घले पनि अफगानिस्तानलाई सहयोग गरिरहेको भन्दै अरु विदेशी दाता देशहरु तथा सहयोगी निकायहरुलाई पनि सो आग्रह गरेका छन् ।

महासचिव गुटर्रेसले अफगानिस्तानका लागि विशेष पहल र अभियान सञ्चालन गर्न जरुरी रहेको बताएका छन् । यहाँका नागरिकको अवस्था नाजुक रहेको, खाना आधारभूत औषधि तथा अन्य अत्यावश्यकताका साधनहरुको पनि खाँचो परिरहेकाले यसका लागि सबैको सहयोग आवश्यक रहेको महासचिव गुटर्रेसको जोड छ ।

अफगानिस्तानलाई खाद्यान्न, लत्ताकपडा, औषधिजस्ता विषयहरु विभिन्न देश र दाताहरुले पछिल्लो समयमा सहयोग गरिरहेका छन् । तर पनि त्यो सहयोग पर्याप्त नरहेको बताइएको छ ।

प्रकाशित मिति: Feb 17, 2022

प्रतिक्रिया दिनुहोस्