Logo
१२ मंसिर २०८१, बुधबार
(February 15, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय प्रधानमन्त्री माेदी र याेगीकाे भ्रमण गराउनु प्रदेश सरकारकाे उपलब्धि : मुख्यमन्त्री राउत

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार सम्हालेको पहिलो आर्थिक वर्षमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमण गराउनु सरकारको उपलब्धि भएको बताका छन् ।

प्रदेश सरकार स्थापना भएको चार वर्षको उपलब्धि सार्वजनिक गर्न आज मङ्गलवार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

यस्तै मुख्यमन्त्री राउतले प्रदेश सरकारले समाज रूपान्तरणको अभियानमार्फत महत्त्वपूर्ण काम गरिरहेको बताए । प्रदेश सरकारले समाजमा रहेका विकृति, विसङ्गतिहरूलाई अन्त्य गर्नका लागि सामाजिक रूपान्तरणको अभियान सञ्चालन गरिरहेको उनको भनाइ छ ।

यस अवधिसम्म बेटी पढाऔँ, बेटी बचाऔँ अभियान, छोरी शिक्षा बीमाको कार्यक्रम, साइकल वितरण तथा लोक सेवा कक्षा सञ्चालन लगायतका महत्त्वपूर्ण कामहरू गरिएको उनले उल्लेख गरे ।

मुख्यमन्त्री राउतले समाजमा पछि पारिएका महिला, दलितलगायतका उत्पीडितहरूलाई मूल प्रवाहमा ल्याउनका लागि प्रदेश सरकारले काम गरेको बताए ।

मुख्यमन्त्री राउतले विभिन्न मन्त्रालयमार्फत ल्याइएका नीति, कार्यक्रम र योजनाहरूलाई सरकारले क्रमशः कार्यान्वयन गर्दै लगेको बताए । मधेस प्रदेशका नागरिक चाहना र आकाङ्क्षालाई सम्बोधन गर्न सरकारले निरन्तर प्रयास गर्दै आएको उनको भनाइ छ ।

प्रकाशित मिति: Feb 15, 2022

प्रतिक्रिया दिनुहोस्