Logo
८ पुस २०८१, सोमबार
(February 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नागरिक उड्डयनका महानिर्देशक राजकुमार क्षेत्रीको अवकाश रोक्न सर्वोच्चको आदेश

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीलाई अनिवार्य अवकाश दिने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले आइतबार९आज० छलफलको टुङ्गो नलागेसम्म क्षेत्रीलाई अवकाश नदिन भनेको हो । फागुन ९ गते अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई उपस्थित हुन अदालतले आदेश दिएको छ ।

क्षेत्रीलाई ५८ वर्षे उमेरहदका कारण पर्यटन मन्त्रालयले अवकाश दिएर उनको ठाउँमा प्रदीप अधिकारीलाई महानिर्देशक नियुक्त गरिसकेको छ । तर, अदालतको आदेशपछि अधिकारीले काम गर्न नपाउने भएका छन् ।

प्रकाशित मिति: Feb 13, 2022

प्रतिक्रिया दिनुहोस्