Logo
८ पुस २०८१, सोमबार
(February 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महाअभियोग पत्र बुझेर सर्वोच्चबाट बाहिरिए चोलेन्द्रशमशेर जबरा

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको जानकारी पत्र बुझेपछि सर्वोच्च अदालतबाट बाहिरिएका छन् ।

प्रधानन्यायाधीश जबराविरुद्ध कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदले आइतबार बिहान संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।

यसबारे सचिवालयले जबरालाई पत्रमार्फत जानकारी गराएको हो । संसद सचिवालयबाट आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको सूचनासहितको पत्र प्राप्त भएपछि जबरा सर्वोच्चबाट बाहिरिनुभएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहाललाई जानकारी दिए ।

महाअभियोग प्रस्ताव दर्ता भएको जानकारी पाएसँगै जबरा प्रधानन्यायाधीशबाट निलम्बित भएका छन् ।

प्रकाशित मिति: Feb 13, 2022

प्रतिक्रिया दिनुहोस्