Logo
८ पुस २०८१, सोमबार
(February 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानन्यायाधीश जबराविरुद्ध बारको आन्दोलन आजबाट पुनः सुरु हुने

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामाको माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले आन्दोलनलाई आजबाट पुनः सुरु गर्ने भएको छ ।

फागुन १ गते देखी बिहान ११ः०० बजे देखी १२ बजेसम्म सर्वोच्च अदालत केन्द्रित आन्दोलन कार्यक्रम भौतिक रुपमा निरन्तर जारी रहने बारले जनाएको छ ।

कोभिड महामारीको कारण देखाउँदै पछिल्लो समयमा ‘भर्चुअल’ माध्यमबाट आन्दोलन गर्दै आएको बारले आइतबारबाट भौतिक रुपमा नै उपस्थित भएर पुनः आन्दोलन गर्ने थालेको हो । गत २८ माघमा बसेको बार एशोसिएशनको निर्णय अनुसार उक्त आन्दोलनको नयाँ कार्यक्रम मिति र स्वरुप तय गरिएको हो ।

विगत १ सय ७ दिन देखी न्यायपालिकाको शुद्धीकरण र सुदृढीकरणको लागि न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वको प्रतिवेदनको कार्यान्वयन र प्रधानन्यायाधीश राणाको राजीनामा माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताइएको छ ।

प्रकाशित मिति: Feb 13, 2022

प्रतिक्रिया दिनुहोस्