Logo
२९ कार्तिक २०८१, बिहीबार
(February 6, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आउने चुनावपछि मात्रै एमसिसी संसदबाट अघि बढाउनु पर्ने प्रचण्डको प्रस्ताव

आउने चुनावपछि मात्रै अमेरिकी सहयोग परियोजना (एमसिसी) संसदबाट अघि बढाउनु पर्ने प्रस्ताव नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गरेका छन्।

आइतबार बालुवाटारमा भएको प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा प्रचण्डले प्रतिपक्षी दलको समेत सहमतिमा चुनावपछि एमसिसी अघि बढाउँछौं भनेर एमसिसीलाई भन्नुपर्ने प्रस्ताव राखेको छलफलमा सहभागी एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए।

यसअघि प्रधानमन्त्री देउवा र प्रचण्डले गत असोजमा एमसिसीलाई पत्र लेख्दै चार/पाँच महिनामा आफूहरूले एमसिसी संसदबाट पास गर्ने वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए।

उनीहरूको प्रतिवद्धता अनुसार एमसिसीले जवाफी पत्र लेख्दै फेब्रुअरी २८ (फागुन १६) सम्म संसदबाट सम्झौता अनुमोदन नभए अर्को कदम चाल्ने बताएको छ।

प्रचण्डको प्रस्ताव देउवा र ओलीले भने कुनै टिप्पणी गरेनन्। छलफलमा प्रधानमन्त्री देउवाले एमसिसी पास गर्न एमाले अध्यक्ष ओलीसँग सहयोग मागेका थिए। जवाफ ओलीले पहिला सत्तारूढ गठबन्धन यस विषयमा स्पष्ट हुनुपर्ने बताएका थिए।

प्रकाशित मिति: Feb 6, 2022

प्रतिक्रिया दिनुहोस्