Logo
२९ कार्तिक २०८१, बिहीबार
(February 6, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारलाई दबाब, युवा संघको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)मा आवद्ध राष्ट्रिय युवा संघ नेपालले आइतबार पनि विरोध प्रर्दशन गरेको छ।

कालो बेलुन सिंहदरवार छेउमा उडाएर राष्ट्रिय युवा संघ नेपालले सरकारलाई पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता गर्न र स्थानीय तह निर्वाचनको मिति तत्काल घोषणा गर्न सरकारलाई दबाब दिएको हो।

संविधान विपरीत स्थानीय तहलाई रिक्त बनाउने नियतका साथ सरकारले स्थानीय तहको निर्वाचनको मिति समेत घोषणा नगरेपछि त्यसको विरोधस्वरुप आइतबार कालो बेलुन सिंहदरबार भित्र पुग्ने गरी उडाउनु परेको संघका निवर्तमान महासचिव रमेश आचार्यले जानकारी दिए।

उनले संविधानको रक्षा गर्न र लोकतन्त्रको सुदृढीकरणका लागि पनि स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गर्न सरकारलाई दबाब दिने कामलाई तीव्रता दिइएको बताए।

प्रर्दशनका क्रममा युवा संघ, नेपालमा आवद्ध केही नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

युवा संघले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न र पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकारलाई दबाब दिने भन्दै मन्त्रीहरुलाई कालो झण्डा देखाउनेलगायतका सडक प्रर्दशनको कामलाई निरन्तरता दिँदै आएको छ।

प्रकाशित मिति: Feb 6, 2022

प्रतिक्रिया दिनुहोस्