Logo
११ मंसिर २०८१, मंगलबार
(February 6, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टर्कीका राष्ट्रपतिलाई कोरोना संक्रमण

टर्कीका राष्ट्रपतिलाई कोरोना संक्रमण भएको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानलाई कोरोना संक्रमण भएको उनले जानकारी दिएका हुन् ।

उनले आफ्नो कोरोना भाइरसको पोजेटिभ रिपोर्ट आएको ट्विट गरेर जानकारी एका छन् । शनिबार ट्विट गरेर उनले आफूलाई कोरोना भाइरसको पछिल्लो भेरियन्ट ओमिक्रोनेको संक्रमण भएको पनि बताएका हुन् ।

उनले आफू र आफ्नो परिवार सङ्क्रमित भएको भन्दै अबका केही समय घरबाटै कार्यालयको काम गर्ने बताएका छन् ।त्यस्तै यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार टर्कीमा पछिल्लो समयमा कोरोनाको ओमिक्रोन भेरियन्ट बढ्दै गएको छ ।

यहाँ गत जनवरी महिनाको पहिलो साताको तुलनामा अहिले कोभिड सङ्क्रमण झन्डै दोब्बर भएको बताइएको छ ।यहाँ गएका चार दिनदेखि एक लाख जनाभन्दा बढीमा कोभिड सङ्क्रमण देखिएको समाचारमा जनाइएको छ ।

 

 

प्रकाशित मिति: Feb 6, 2022

प्रतिक्रिया दिनुहोस्