Logo
३ आश्विन २०८१, बिहीबार
(February 5, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फाइभजी सेवा तत्काल परीक्षण गर्न टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फाइभजी सेवा तत्काल परीक्षण गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन्।

मन्त्री कार्कीले नेपाल दूर सञ्चार प्राधिकरणले सो सेवा परीक्षणका लागि स्वीकृति दिइसकेको उल्लेख गर्दै त्यसको तत्काल परीक्षण गरी आम जनतामा सेवा पु¥याउन नेपाल टेलिकमलाई निर्देशन दिएका हुन्।

कम्पनीको १८औं वार्षिकोत्सवको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले फोरजी आयोजना र मध्यपहाडी राजमार्गमा अप्टिकल फाइबर बिछ्याई सूचना महामार्ग निर्माण गर्ने काममा ढिलाइ नगर्न नेपाल टेलिकमलाई सचेत गराए।

मन्त्री कार्कीले भने, ‘फोरजी आयोजना र मध्यपहाडी राजमार्गमा अप्टिकल फाइबर विछ्याई सूचना महामार्ग निर्माण गर्न राज्यले सुम्पेका अभिभारा निर्धारित समयमै सम्पन्न हुनेछ भन्ने मैले विश्वास लिएको छु। त्यसैगरी नेपाल दूर सञ्चार प्राधिकरणबाट फाइभजीको सेवा परीक्षणका निम्ति स्वीकृति प्राप्त भइसकेको हुँदा त्यसलाई पनि यथाशीघ्र अगाडि बढाउन आग्रह गर्दछु। देशका सबै स्थानीय तहसम्म तीव्र गतिको इन्टरनेट सुविधा पुर्याई देशको आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रको विकास तथा आम जनतालाई छिटो, छरितो र प्रविधिमैंत्री सेवा पुर्याउने नै छ।’

मन्त्री कार्कीले तीव्र गतिको इन्टरनेट सेवाको विस्तार गरी आफ्ना ग्राहकहरूलाई छिटो, छरितो र सुलभ सेवा उपलब्ध गराउन पनि नेपाल टेलिकम सक्षम हुने बताए।

प्रकाशित मिति: Feb 5, 2022

प्रतिक्रिया दिनुहोस्