Logo
३ आश्विन २०८१, बिहीबार
(February 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवालाई भेट्न महन्थ ठाकुर बालुवाटार पुगे, के भयो कुराकानी ?

प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले बुधबार अपरान्ह भेटेका छन् ।

अध्यक्ष ठाकुर एक्लै बालुवाटार पुगेर देउवासँग आधा घण्टा लामो संवाद गरेका हुन्। भेटका क्रममा ठाकुरले दुईवटा कुरा उठाएको उनीनिकट एक नेताले बताएका छन् ।

देउवासँगको संवादका क्रममा उनले मधेस आन्दोलनका क्रममा चलाइएका मुद्दा फिर्ता र टीकापुर हत्याकाण्डका मुख्य दोषी एवम् निलम्बित सांसद रेशम चौधरीलाई रिहा गर्नुपर्ने कुरा ठाकुरले राखेका छन् ।

‘उहाँले बुधबार अपरान्ह प्रधानमन्त्रीलाई भेट्नु भएको हो’, ती नेताले भने, ‘भेट लामो भएन। उहाँ (ठाकुर) ले त्यसक्रममा दुईवटा कुरा मात्रै राखेर बाहिरिनु भएको थियो ।’

मधेस आन्दोलनका मुद्दा फिर्ता र रेशम चौधरीको रिहाइबारेमा प्रधानमन्त्रीले गठबन्धनमा आवश्यक छलफल गरेर आवश्यक निर्णय लिन सकिने जवाफ दिएका थिए।

प्रकाशित मिति: Feb 3, 2022

प्रतिक्रिया दिनुहोस्