Logo
११ मंसिर २०८१, मंगलबार
(February 2, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नाइजेरियामा गत वर्षमात्र बन्दुकधारीद्वारा एक हजार १९२ को हत्या

नाइजेरियामा गत वर्षमात्र बन्दुकधारीहरुले एक हजारभन्दा बढी नागरिकको हत्या गरेका छन् । प्राप्त समाचारअनुसार यहाँका बोको हराम आतङ्ककारीहरूले सन् २०२१ मा मात्र १ हजार १९२ जनाको हत्या गरेका हुन् ।

साथै उनीहरुले गत वर्षमात्र ३ हजार ३४८ जनालाई अपहरण गरेका थिए । यीमध्ये नाइजेरियाको उत्तर पश्चिमी क्षेत्र कादुनाका बढी नागरिक सिकार भएका हुन् ।

कादुना प्रान्तको प्रान्तीय सरकारले मंगलबार सो सम्बन्धी रिपोर्ट प्रकाशन गरेको हो ।साथै गत वर्ष मात्र यहाँका ८९१ जना घाइते भएका छन् ।

उनीहरुलाई पनि आतङ्ककारीले गोली हानी घाइते बनाएका हुन् ।

प्रकाशित मिति: Feb 2, 2022

प्रतिक्रिया दिनुहोस्