Logo
११ पुस २०८१, बिहीबार
(February 1, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामान्य प्रशासन मन्त्रालयद्वारा उपसचिवमा बढुवाका लागि ३० जनालाई सिफारिस

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना शाखा अधिकृतलाई उपसचिव बढुवाका लागि सिफारिस भएका छन् ।

मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ३० जनालाई उपसचिवमा बढुवा सिफारिस गरेको हो । बढुवा समितिको सोमबारको बैठकले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवा सिफारिस गरेको मन्त्रालयले जनाएको छ ।

उपसचिव बढुवा सिफारिस हुनेमा कृष्णप्रसाद पोखरेल, देवेन्द्रप्रसाद श्रेष्ठ, यज्ञराज जोशी, कुमार आचार्य, हिमालय बराल, कुमारबहादुर खड्का, खुमप्रसाद सुवेदी, शेषकान्त पौडेल, केशवप्रसाद अर्याल, जितेन्द्रजंग केसी, खगेन्द्र गिरि, दिनेश अधिकारी, बैकुण्ठराज गौतम र बालकृष्ण सुवेदी रहेका छन् ।

त्यस्तै, ज्ञानुप्रसाद पनेरु, भक्तिसरा राना, गौतमराज अमात्य, अम्मरराज जोशी, महमद शेरे मुस्तफा, ओमप्रकाश महतो, चन्द्रबहादुर थापा र दिपककुमार आचार्य सिफारिसमा परेका छन् ।

यसैगरी हरिप्रसाद गौतम, सुदर्शनराज पण्डित, सरस्वती पौडेल, कमला ज्ञवाली, ऋषिकुमार दाहाल, राजुप्रसाद न्यौपाने, टीकाराम वाग्ले र सूर्यप्रसाद दाहाल पनि बढुवा सिफारिस गरिएको छ ।

प्रकाशित मिति: Feb 1, 2022

प्रतिक्रिया दिनुहोस्