इरानीसँगको परमाणु वार्तामा प्रगति हासिल गर्न गति दिनुपर्छ : म्याक्रोँ
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले इरानीसँगको परमाणु वार्तामा प्रगति हासिल गर्न ‘गति दिनुपर्ने’ बताएका छन् । इरानी समकक्षी एब्राहिम रायसीसँग टेलिफोन वार्ताका क्रममा इरानसँगको परमाणु सम्झौताको हस्ताक्षर कर्ता फ्रान्सले उक्त धारणा राखेको हो ।
युरोपेली सङ्घ मध्यस्थले अवरोध तोड्न ‘राजनीतिक निर्णय’ का लागि आह्वान गर्दा भियनामा पछिल्लो चरणको विराम गरिएको कुरा बताइएको एक दिनपछि राइसीसँग म्याक्रोँको उक्त आह्वान आएको हो ।
इरान, अमेरिका, बेलायत, चीन, फ्रान्स, जर्मनी र रुससँग भएको सन् २०१५ को सम्झौतालाई पुनः ब्युँताउने उपलब्धिको खोजीमा कुटनीतिज्ञहरु अस्ट्रियाको राजधानीमा भेटवार्ता गर्दै आएका छन् ।
कुनै पनि सम्झौतामा सबै पक्षहरूबाट स्पष्ट र पर्याप्त प्रतिबद्धता आवश्यक पर्नेछ भन्ने कुरामा जोड दिँदै उनले कूटनीतिक समाधान सम्भव र आवश्यक छ भन्ने आफ्नो विश्वासलाई दोहोर्याएका हुन् ।
‘भियनामा वार्ता पुनः आरम्भ भएको वार्तालाई रोक्नु नहुने बरु ठोस प्रगति शीघ्र प्राप्त गर्न तीव्र गतिमा अघि बढाउनुपर्ने आवश्यक छ,’ उनले भने ।
म्याक्रोँले इरानले रचनात्मक दृष्टिकोण देखाउनुपर्ने र आफ्ना दायित्वहरूको पूर्ण प्रयोगमा फर्कनुपर्ने आवश्यकतामाथि जोड दिए ।रासस