सम्पर्कविहीन भएका १३ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन प्रधान कार्यालयको आग्रह
नेपाल प्रहरी प्रधान कार्यालय नक्शालले सम्पर्कमा नरहेका १३ प्रहरीहरुलाई सात दिनभित्र प्रहरीले कार्यालयको सम्पर्कमा आउन आग्रह गरेको छ ।
प्रधान कार्यालय नक्शालले सोमबार सार्वजनिक सूचना जारी गर्दै गैरहाजिरी रहेका दुई जना प्रहरी हबल्दार र ११ जना प्रहरी जवानलाई स्पष्टीकरणसहित सम्पर्कमा आउन आग्रह गरेको हो ।
प्रधान कार्यालयले आजको मितिबाट सात दिनभित्र पनि सम्पर्कमा नआए उनीहरुलाई सेवाबाट हटाउने चेतावनी दिएको छ ।