Logo
३ आश्विन २०८१, बिहीबार
(January 23, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचन आयोगले पठाएको पत्र, संविधानको मर्म विपरीत भएको राप्रपाको ठहर

निर्वाचन आयोगले पठाएको पत्र संविधानको मर्म र भावना विपरीत भएको राप्रपाले ठहर गरेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आइतबार बसेको पदाधिकारी बैठकले आयोगको पत्र संविधान र भावना विपरीत भएको ठहर गरेको हो ।

राप्रपाले निर्वाचन आयोगले पार्टीलाई पठाएको पत्रको जवाफ उपयुक्त समयमा दिने तथा यस सम्बन्धमा कानुनी र राजनीतिक उपचार खोज्ने समय निर्णय भएको महामन्त्री भुवन पाठकले जानकारी दिए ।

निर्वाचन आयोगले गत माघ २ गते पत्र काटेर राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र शब्दावली हटाउन भनेको थियो भने झण्डामा गाई समेत नराख्न भनेको थियो ।

गाई राप्रपाको झण्डामा र चुनाव चिन्हको रुपमा समेत प्रयोग भइ स्थानीय तह, प्रादेशिक तथा संघीय निर्वाचनमा समेत निर्वाचित भएको सन्दर्भमा आयोगको निर्देशन पूर्वाग्रही देखिएको राप्रपाको ठहर छ ।

प्रकाशित मिति: Jan 23, 2022

प्रतिक्रिया दिनुहोस्