Logo
३ आश्विन २०८१, बिहीबार
(January 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकैदिन १६ संक्रमितको मृत्यु, थपिए १० हजार बढी संक्रमित

पछिल्लो २४ घण्टामा नेपालमा १० हजार २५४ संक्रमित थपिएका छन्। २० हजार १८७ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक तथ्यांकमा उल्लेख छ। पिसिआर विधिबाट १४ हजार ४६२ जनाको परीक्षण गरिएकोमा आठ हजार २१२ तथा एन्टिजेन विधिबाट पाँच हजार ७२५ जनाको परीक्षण गरिएकोमा दुई हजार ४२ संक्रमित थपिएका हुन्।

यस अवधिमा १६ संक्रमितको मृत्यु भएको छ भने ७०८ जना संक्रमणमुक्त भएका छन्। शनिबार एक लाख ९६ हजार ८५७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ। नेपालमा सक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ पुगेको छ।

प्रकाशित मिति: Jan 22, 2022

प्रतिक्रिया दिनुहोस्