Logo
७ पुस २०८१, आईतबार
(January 19, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विशेष अदालतमा थुनुवा बाहेकका सबै मुद्दा स्थगित

काठमाडौंको विशेष अदालतले कोरोना संक्रमण बढेका कारण थुनुवा बाहेकका सबै मुद्दा स्थगित गरेको छ । कोरोना संक्रमणको जोखिम बढेको भन्दै विशेष अदालतले थुनुवा भएका मुद्दाको मात्रै सुनुवाइ गर्ने भएको हो ।

विशेष अदालतले त्यसबाहेक थुनुवाको म्याद थपको काम कारबाही मात्रै गर्नेछ ।अहिले विशेष अदालतमा थुनुवा समेत भएका मुद्दाहरु सीमित संख्यामा छन् ।

आरोप पत्रका साथ उपस्थित गराइएका आरोपितको थुनछेक आदेशबाहेक अरु न्यायिक काम नहुने अदालतले जनाएको छ ।विशेष अदालतले आरोप पत्र दर्ताको काम भने जारी राख्ने जनाएको छ ।

विशेष अदालतले थुनुवा बाहेकका सबै मुद्दाको सुनुवाइ रोकेको छ । पेशी र अरु तारिख दिने काम पनि नगर्ने भएको छ ।

प्रकाशित मिति: Jan 19, 2022

प्रतिक्रिया दिनुहोस्