Logo
११ मंसिर २०८१, मंगलबार
(January 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वमा भइरहेको टकरावको नतिजा खतरनाक निस्कन सक्छ : सी जिनपिङ

चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वमा भइरहेको टकरावको नतिजा खतरनाक निस्कन सक्ने बताएका छन् । विश्व आर्थिक मञ्चको भर्चुअल सत्रमा विशेष सम्बोधन गर्दै राष्ट्रपति सीले एक अर्काबीचको टकरावको नतिजा फलदायी नहुने टिप्पणी गरेका हुन् ।

साथै सीले एकअर्काप्रतिको सम्मानका आधारमा मात्र समृद्धि हासिल गर्न सकिने बताएका हु्न् । समृद्धिका लागि मतभिन्नतालाई पन्छाएर विभिन्न देश र सभ्यताको साझा आधार खोज्नु पर्ने उनको भनाइ छ ।

इतिहासले पनि यसको पुष्टि गरेको उनले बताए । कोरोना महामारीले सङ्कट निम्त्याउने भएकाले समस्या समाधानका लागि साझा प्रयासको खोजी गर्नुपर्ने उनको सुझाव छ ।

यस्तै, कोरोना महामारीका कारण विश्वकै अर्थव्यवस्था खराब हुनबाट रोक्न आर्थिक नीतिको समन्वय गर्न पनि उहाँको आह्वान छ ।

 

प्रकाशित मिति: Jan 18, 2022

प्रतिक्रिया दिनुहोस्