प्रधानन्यायाधीश जबराले बोलाए सर्वोच्चका न्यायाधीशहरुको फुलकोर्ट बैठक
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक बोलाएका छन् ।
कोरोना संक्रमण देशव्यापी रुपमा बढ्दै जाँदा सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पूर्ण बैठक बस्न लागेको हो ।
न्यायाधीश र कर्मचारी संक्रमित हुँदा सेवा प्रभावित हुन थालेपछि आवश्यक निर्णय बैठक बस्न लागेको हो । आज दिउँसो डेढ बजे बस्ने बैठकमा सेवा प्रवाह र सेवा संकूचन एजेण्डा रहने बताइएको छ ।
प्रधानन्याधीशको राजीनामा न्यायाधीशहरूले माग्दै आएका कारण राणा बैठकमा बस्ने–नबस्ने टुंगो छैन।