मुलुकको आर्थिक संकट समाधान गर्न प्रधानमन्त्रिले जिम्मेवारी पुरा गरेको देखिदैन : डा. लोहनी
मुलुकको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेवारी महसुस नगरेको पूर्व अर्थमन्त्री डा.प्रकाशचन्द्र लोहनीले बताएका छन् ।
नेपाल को अर्थतन्त्र संकटतिर जानु अर्थमन्त्रीसँगको मात्रै को कुरो नभएको लोहनीले बताए । शुक्रबार विहान उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘नेपालको अर्थतन्त्र संकटतिर जाँदै छ । अब यो अर्थमन्त्रीसँग मात्रै को कुरो भएन। देउवा सरकारको जिम्मेवारीको प्रश्न हो। प्रधानमन्त्रीले यो जिम्मेवारी महसुस गरेको देखिएन ।’
बिस्तारै ओरालो लागेको अर्थतन्त्र समय मै सुधार गर्न नसके भीरको डिल मा पुग्न धेरै समय नलाग्ने पूर्व अर्थमन्त्री लोहनीको भनाइ छ । ‘अर्थतन्त्रमा संकट तथ्यांक मा मात्र सिमित रहँदैन। एक तह पुगे पछि तथ्याङ्कभन्दा मानिसको भावनाले प्राथमिकता लिनेछ,’ उनले लेखेका छन् ।
नेपाल को अर्थतन्त्र संकट तिर जादै छ र यस बारे सरकार गम्भीर देखिदैन। अब यो अर्थमन्त्री सग मात्रै को कुरो भयेन. देउबा सरकार को जिम्मेवारी को प्रस्न हो। प्रधान मन्त्रि ले यो जिम्मेवारी महसुस गरेको देखैदैन
— Dr. Prakash C Lohani (@PCLohani) January 14, 2022
बिस्तारै ओरालो लागेको अर्थतन्त्र समय मै सुधार गर्न नसके भिर को डिल मा पुग्न धेरै समय लाग्दैन। अर्थतन्त्र मा संकट तथ्यांक मा मात्र सिमित रहदैन। एक तह पुगे पछि तथ्यांक भन्दा मानिस को भावना ले प्राथमिकता लिनेछ।
— Dr. Prakash C Lohani (@PCLohani) January 14, 2022