Logo
२ माघ २०८१, बुधबार
(January 9, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आर्थिक वृद्धिदर र मूल्यवृद्धि तोकिएको लक्ष्यभित्र राख्न चुनौती देखियो : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर र मूल्यवृद्धि तोकिएको लक्ष्यभित्र राख्न चुनौती देखिएको बताएका छन् ।

आइतबार लेखा समितिमा वर्तमान आर्थिक अवस्थाबारे धारणा राख्दै उनले यो वर्ष तोकिएको सात प्रतिशतको नजिक पुग्न समेत चुनौती थपिएको जानकारी दिएका छन् ।

खासगरी धान उत्पादनमा आएको कमी र सेवा क्षेत्रमा निरन्तर परिरहेको कोरोनाको प्रभावले यस्तो चुनौती थपिएको उनको भनाइ छ ।

मूल्यवृद्धिलाई चालु आर्थिक वर्षमा ६.५ प्रतिशत भित्र राख्ने लक्ष्य कायम राख्न समेत चुनौती थपिएको उनले बताएका छन् । उनले यसमा आन्तरिक तथा बाह्य दुबै कारण रहेको बताएका छन् ।

उनले यो साताबाट तरलता केही सहज बनेको बताए । उनले अर्थतन्त्रमा चुनौती भने बाह्य क्षेत्रको चाप रहेको भन्दै यसलाई बढ्दो आयात मुख्य कारण रहेको बताए ।

प्रकाशित मिति: Jan 9, 2022

प्रतिक्रिया दिनुहोस्