Logo
७ पुस २०८१, आईतबार
(January 9, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले अधिवेशन : आज अधिकांश जिल्लामा मतदान, यी हुन् सर्वसम्मत् अध्यक्ष {सूचीसहित}

शुक्रबार देखि जारी नेकपा एमालेको  देशभर जिल्ला अधिवेशनमार्फत नेतृत्व चयन प्रक्रिया भइरहेको छ । केन्द्रको निर्देशन अनुसार अधिकतम सहमतिमा नेतृत्व चयन गर्ने प्रयास भए पनि अधिकांश जिल्लामा निर्वाचन हुँदैछ ।

धेरै जिल्लामा नेतृत्वको आकांक्षी धेरै भएका कारण समहतिको प्रयास विफल भएको छ । अहिलेसम्म २२ जिल्लामा सर्वसम्मत् अध्यक्ष चयन गरिएको छ । ती जिल्लाहरुमा पनि अन्य पदमा भने निर्वाचन हुँदैछ ।

आन्तरिक विवाद र भौगोलिक कठिनाइका कारण १६ जिल्ला छोडेर एमालेले शुक्रबार ६१ जिल्लाको अधिवेशन गरेको थियो । अहिलेसम्म सर्वसमत् नेतृत्व चयन भएका २२ मध्ये लुम्बनी प्रदेशमा मात्र ७ जिल्ला छन् ।

अध्यक्ष चयन भएका जिल्लाहरु (प्रदेशगत)
प्रदेश १

१ः झापा-दीपक कार्की

२ः मोरङ-ऋषिकेश पोखरेल

३:खोटाङ – रामप्रसाद दंगाल

४ : धनकुटा – इन्द्रमणि पराजुली

प्रदेश २

१स् सप्तरी- ताराकान्त चौधरी

वागमती

१ः धादिङ-भूमी त्रिपाठी

२ः काभ्रेपलाञ्चोक-अशोक ब्यान्जु

३ः भक्तपुर-बचन देउजा

४ : रसुवा-कर्णेल तामाङ

गण्डकी

१ः गोरखा- प्रेम गुरुङ

२ :’ तनहु-श्रीप्रसाद श्रेष्ठ

लुम्बिनी

१ः पाल्पा- धनेन्द्रराज घिमिरे

२ः गुल्मी- बालकृष्ण काउछा मगर

३ः अर्घाखाची- पिताम्बर भुसाल

४ः बाँके- किस्मत कुमार कक्षपती

५ः बर्दिया-लालबहादुर श्रेष्ठ

६ः दाङ-हुकुमबहादुर बस्नेत

७ : रुपन्देही- तेजेन्द्र केसी

८: कपिलवस्तु-डम्मर शर्मा (निर्वाचित)

९ : नवलपरासी (पश्चिम दीपेन्द्र अधिकारी) (निर्वाचित)

कर्णाली

१ः डोल्पा- शेरबहादुर बुढा

२ः सल्यान-गोविन्द पुन मगर

गैरभौगोलिक जिल्ला

१ः मजदूर विशेष- जितेन्द्र श्रेष्ठ

२: पेशागत विशेष-उमेश ढकाल

 

 

प्रकाशित मिति: Jan 9, 2022

प्रतिक्रिया दिनुहोस्