Logo
३ आश्विन २०८१, बिहीबार
(January 8, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेरी ५ जिल्लाका सीडीओको सरुवा, को कहाँ पुगे ? हेर्नुहोस् !

गृह ​मन्त्रालयले ५ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ।

गृहमन्त्री बालकृष्ण खाँणले सल्यान, काभ्रेपलञ्चाेक, नवलपरासी पूर्व, कालिकोट र धनुषाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेका हुन्। ​

जसअनुसार विपिन आचार्य सल्यानको प्रमुख जिल्ला अधिकारी भएका छन्। उनी यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणमा थिए।

गृह मन्त्रालयकी सहसचिव हुमकला पाण्डे काभ्रेपलाञ्चाेक, सुमन घिमिरे नवलपरासी पूर्व, गृहका उपसचिव रामहरि शर्मालाई कालिकोटको प्रमुख जिल्ला अधिकारी बनाइएकाे छ।

ad
यस्तै सुरेन्द्र पौडेलले धनुषाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी प्रदान गरिएकाे छ।

सल्यानकी सीडीओ लक्ष्मीदेवी हुमागाई खतिवडा, कालिकोटका सीडीओ कृष्णप्रसाद आचार्य, काभ्रेपलाञ्चाेकका शिवराम पोख्रेल, धनुषाका सीडीओ बन्धुप्रसाद बाँस्तोलालाई भने गृह मन्त्रालय तानिएकाे छ।

प्रकाशित मिति: Jan 8, 2022

प्रतिक्रिया दिनुहोस्