Logo
३ आश्विन २०८१, बिहीबार
(January 6, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद् भित्रको अबरोध हटाउने प्रयास, प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोट जार्दै

संसद् भित्रको अबरोध खुलाउन सरकारले प्रयास थालेको छ । यसैक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट जार्दैछन ।
बिहीबार भएको पाँच दलीय गठबन्धनको बैठकमा संसद अवरोध हटाउनका लागि अध्यक्ष ओलीलाई भेट्न सत्ताधारी नेताहरुले देउवालाई सुझाव दिएका हुन्।

राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले देउवालाई बालकोट गएर संसदमा एमालेको अवरोध हटाउन पहलका लागि कुरा गर्न आग्रह गरिएको बताइन्।

बुधबार बालकोटमा भएको भेटबारे कांग्रेस नेता रामचन्द्र पौडेलले ब्रिफिङ गरेपछि देउवा बालकोट जान तयार भएका हुन्।

‘मैले चाहिँ यसरी संसदमा अवरोध राखेर हुँदैन। तपाईंहरुलाई पनि राम्रो हुँदैन, लोकतन्त्रलाई पनि राम्रो हुँदैन भनेँ’, बालकोट भेटबारे पौडेलले बैठकमा भनेका थिए, ‘अवरोध खुलाउनका लागि हामीले के गर्नुपर्छ? बरु त्यसो गर्न तयार छौँ। अवरोध खुलाएर जाऊँ।’​

तर आफूसँगको भेटमा ओलीले पुरानै अडान राखेको पनि पौडेलले बताएका छन्।

प्रकाशित मिति: Jan 6, 2022

प्रतिक्रिया दिनुहोस्