अमेरिकाले दियो अध्यक्ष प्रचण्डलाई बधाई
नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः निर्वाचित भएकोमा अमेरिकाले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिएको छ ।
काठमाडौंस्थित अमेरिकी दूतावासले मंगलबार ट्विटरमार्फत प्रचण्डलाई पुनस् अध्यक्ष भएकोमा बधाई दिएको हो ।
‘बधाई छ पुष्पकमल दाहाललाई@cmprachanda नेकपा (माओवादी केन्द्र) को अध्यक्षमा पुन: निर्वाचित भएकोमा ! अमेरिका विश्वभर प्रजातन्त्र र नेपालको लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध छ’ ट्विटमा भनिएको छ ।
Congratulations to Pushpa Kamal Dahal @cmprachanda for his re-election as the Chairman of the CPN (MC). The U.S. remains committed to democracy around the world and the democratic processes of Nepal.
— U.S. Embassy Nepal (@USEmbassyNepal) January 4, 2022