Logo
६ पुस २०८१, शनिबार
(January 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादीका नेता वर्षमान पुन अस्पतालबाट डिस्चार्ज, आज स्वदेश फर्किँदै

चीनमा जण्डिसको उपचार गराइरहेका नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन् ।

अस्पतालबाट डिस्चार्ज भएका उनी आज नेपाल आउन लागेका अनेरास्ववियु क्रान्तिकारीका नेता दिपेश पुनले बताएका छन् ।दिपेशले सामाजिक सञ्जालमार्फत नेता वर्षमान पुन डिस्चार्ज भएर नेपाल आउन लागेको जानकारी गराएका हुन् ।

जण्डिसका कारण पुनलाई उपचारका लागि थाइल्याण्ड लगिएको थियो । तर, सुधार नभएपछि फेरि चीन लगिएको हो । उनी तीन महिना भन्दा लामो उपचार पछि स्वदेश फर्किन लागेका हुन् ।

पुन माओवादी केन्द्रको महासचिवको दाबेदार छन् । हिजो पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनकै आग्रहमा पदाधिकारीको चयन प्रक्रियालाई पछाडि सारेको बताएका थिए ।

पदाधिकारीमा सबैभन्दा बढी प्रतिस्पर्धा महासचिवमा देखिएको छ । अहिलेका अर्थमन्त्री जनार्दन शर्मा र उर्जामन्त्री पम्फा भुसाल पनि महासचिवको आकाङ्क्षी रहेका छन् ।

माओवादीको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, ३ सचिव र कोषाध्यक्ष रहने व्यवस्था छ । तर, आवश्यकताअनुसार केन्द्रीय समितिले पदाधिकारीको संख्या थपघट गर्न सक्ने व्यवस्था पनि छ ।

अध्यक्षमा प्रचण्ड निर्वाचित भइसकेका छन् । अन्य पदाधिकारी भने आउँदो २५ गते बस्ने केन्द्रीय समितिको दोस्रो बैठकबाट टुङ्गो लगाइने भएको छ ।

प्रकाशित मिति: Jan 4, 2022

प्रतिक्रिया दिनुहोस्