Logo
६ पुस २०८१, शनिबार
(January 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आलेले भने : ‘निगम डुब्ने अवस्थामा छ ! कार्गो बोक्दा आर्थिक अवस्था बलियो हुन्छ’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कार्गो बोक्दा निगमको आर्थिक अवस्था बलियो हुने बताएका छन् ।

अर्बौँको ऋणमा रहेको वायुसेवा निगमले प्राधिकरणबाट वर्षको ५० प्रतिशत मात्रै कार्गो तथा यात्रु सेवाको कारोबार प्राप्त गर्न सक्नेमा त्यसले निगमको आर्थिक अवस्था बलियो बनाउन मद्दत पुग्ने बताएका हुन् ।

आज मन्त्रालयमा भएको नेपाल वायुसेवा निगम र विद्युत् प्राधिकरणबीच हवाई टिकट तथा खतराजन्य पदार्थ (डेन्जरस गुड्स) कार्गो ओसारपसार सम्झौता कार्यक्रममा उनले विद्युत् प्राधिकरणको कार्गो र यात्रु ओसारपसारबाट निकै राहत हुने बताए ।

उनले भने, ‘निगम डुब्ने अवस्थामा छ, अब विद्युत् प्राधिकरणबाट वर्षको ५० प्रतिशत मात्रै कार्गो बोक्न पाए ऋण तिर्नमा निकै सहज हुने छ ।’

नेपाल वायुसेवा निगम र विद्युत् प्राधिकरणबीच हवाई टिकट तथा खतराजन्य पदार्थ (डेन्जरस गुड्स) कार्गो ओसारपसार गर्ने सम्झौता भएको छ ।

मन्त्रालयमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी तथा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

नेपाल वायुसेवा निगमले विद्युत् प्राधिकरणका कर्मचारीलाई अन्तर्राष्ट्रिय उडानमा १५ प्रतिशतसम्म छुट दिने भएको छ ।
यसै गरी विद्युतीय प्राधिकरणका उपकरण तथा कार्गो ढुवानीमा तौलका आधारमा कम्तीमा पनि पाँचदेखि १० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: Jan 3, 2022

प्रतिक्रिया दिनुहोस्