Logo
३ आश्विन २०८१, बिहीबार
(January 2, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिन सरकारसँग राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको छ ।

आइतबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पुस २७ (पृथ्वी जयन्ती) मा सार्वजनिक बिदा दिन माग गरेका हुन् ।

राप्रपाका नेता मोहन श्रेष्ठले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिएर राष्ट्रिय एकता दिवसका रूपमा मनाउन प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराइएको बताए ।

‘हामीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिन र उक्त दिनलाई पर्वको रुपमा मनाउन प्रधानमन्त्रीज्यूलाई ज्ञापनपत्र पनि बुझाएका छौँ,’ उनले भने ।

प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष लिङ्देन, उपाध्यक्ष विक्रम पाण्डे, मोहन श्रेष्ठलगायतका राप्रपाका नेताहरू बालुवाटार पुगेका थिए ।

प्रकाशित मिति: Jan 2, 2022

प्रतिक्रिया दिनुहोस्