Logo
३ आश्विन २०८१, बिहीबार
(December 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी नेताहरुको विलाशी जीवन शैलीलाई लिएर महाधिवेशनमा प्रश्न उठ्यो

नेकपा माओवादी केन्द्रका नेताहरुको विलाशी जीवन शैलीलाई लिएर महाधिवेशनमा प्रश्न उठेको छ।

आठौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबारको बन्द सत्रमा समूह २२ (बागमती प्रदेश) को तर्फबाट सुझाव दिँदै टोली नेता इन्द्रबहादुर थिङ `छिन्ताङ´ले नेताहरुको जीवनशैलीमाथि प्रश्न उठाएका हुन्।

थिङले माओवादीभित्र समानस्तरका नेताहरुका जीवन शैलीमा देखिएको असमानताबारे प्रश्न उठाएका हुन्।
‘माओवादीमा समानस्तरका नेताहरुको जीवन शैलीमा देखिएको असमानता अन्त हुनु पर्छ’, उनले भने, ‘नेताहरुमा देखिएको विलाशी जीवनशैलीबारे नेतृत्वले जवाफ दिन सक्नुपर्छ।’

उनले पार्टीमा तलदेखि माथिसम्मै दुई कार्यकालको नीति आवश्यक रहेको बताएका छन्।

त्यस्तै थिङले पार्टीमा आर्थिक पारदर्शिताको कुरा पनि उठाएका छन्। ‘महाधिवेशनमा राजनैतिक प्रस्ताव मात्रै होइन, आर्थिक प्रतिवेदन पनि चाहियो’, उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित गर्दै भनेका छन्।

प्रकाशित मिति: Dec 30, 2021

प्रतिक्रिया दिनुहोस्