Logo
३ आश्विन २०८१, बिहीबार
(December 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा एकीकृत समाजवादी र नेकपा जनवादी पार्टीबीच एकता

नेकपा एकीकृत समाजवादी र नेकपा जनवादी पार्टीबीच एकता भएको छ।

एकता घोषणा कार्यक्रम राष्ट्रिय सभागृह प्रदर्शनीमार्ग, भृकुटीमण्डपमा भएको हो।

उक्त कार्यक्रममा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, बागमतीका मुख्यमन्त्री तथा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलगायत उपस्थित थिए। एकता घोषणा कार्यक्रममा नेकपा जनवादी पार्टीका नेतालाई एकीकृत समाजवादीका अध्यक्ष नेपालले अविर-माला लगाएर स्वागत गरेका थिए।

एमालेबाट अलग्गिएर माधव नेपालले बनाएको नेकपा एकीकृतसँग माओवादीबाट अलग्गिएर देवेन्द्रसिंह महता नेतृत्वको नेकपा जनवादीबीच मंगलबार एकीकरण भएको हो।

प्रकाशित मिति: Dec 28, 2021

प्रतिक्रिया दिनुहोस्