स्थानीय व्यापारीको मृत्युको विरोधमा तनावग्रस्त भएपछि सर्लाहीमा बुधबार बेलुकीसम्म निषेधाज्ञा
प्रदेश नं २ स्थित सर्लाही जिल्लामा भोलि (बुधबार) बेलुकी सात बजेसम्म निषेधाज्ञा जारी गरिएको छ ।
प्रहरीको भ्यानको ठक्करबाट स्थानीय व्यापारीको मृत्यु भएपछि तनावग्रस्त जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।
मंगलबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले मंगलबार दिउँसो ३ बजेदेखि बुधबार साँझ ७ बजेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।
सर्लाहीका तोकिएको समयमा तोकिएको ठाँउमा सभा जुलुस र हिडुल साथै राजनीतिक गतिविध गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको प्रशासनले आदेश जारी गरेको छ ।