Logo
३ आश्विन २०८१, बिहीबार
(December 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘प्रचण्डपथ’ स्थगन गर्नु गलत !

नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनको बन्दसत्रमा प्रतिवेदन पेस गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘प्रचण्डपथ’ स्थगन गर्नु गलत भएको बताएका छन्।

सोमबार प्रस्तुत उनको ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो’ नामक दस्तावेजमा ‘प्रचण्डपथ’ स्थगन गरिएकोमा आत्मालोचना गरिएको हो।

‘जीवन-मृत्युको त्यो भिषण प्रक्रियामा पास भएको प्रचण्डपथ प्रचण्डको व्यक्तिगत सम्पत्ति जसरी स्थगन गर्नु सरासर गलत थियो’, प्रचण्डलाई उद्धृत गर्दै एक नेताले बताए।

२०५७ सालमा ‘प्रचण्डपथ’ संश्लेषण गरेसँगै ‘जनयुद्ध’ झन् तीव्र गतिमा अघि बढेको निष्कर्ष उनको छ।

माओवादीका कतिपय नेताहरुले ‘प्रचण्डपथ’ सान्दर्भिक रहेको बताइरहँदा प्रचण्डले भने त्यसलाई नब्युँताउने प्रष्ट पारेका छन्। बरु उनले समाजवादी क्रान्तिको विकासका लागि नयाँ बहसको जरुरी रहेको बताएका छन्।

प्रचण्डको प्रतिवेदनमाथि बन्दसत्रमा छलफल हुनेछ। सुझावको आधारमा प्रतिवेदनमाथि परिमार्जन गरिनेछ।

प्रकाशित मिति: Dec 27, 2021

प्रतिक्रिया दिनुहोस्