Logo
३ आश्विन २०८१, बिहीबार
(December 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा लैजाने

नेकपा माओवादी केन्द्रले आइतवारबाट शुरु हुने राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा लैजाने भएको छ ।

पार्टी स्थायी कमिटी बैठकपछि नेपाल प्रेससँग कुरा गर्दै प्रवक्ता कृष्णवहादुर महराले राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेकाले यसलाई महाधिवेशनमा परिणत गर्ने निर्णय भएको बताए ।

शनिवार साँझ बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई नै महाधिवेशन भन्ने र सोही अनुसार अघि बढ्ने निर्णय गरेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेललेबताए ।

ऐतिहासिक महाधिवेशन नामाकरण गरिए पनि यसलाई कुन महाधिवेशन भन्ने टुंगो लागेको छैन । माओवादीको केन्द्रीय कमिटी बैठक आइतवार बस्दैछ ।

प्रकाशित मिति: Dec 25, 2021

प्रतिक्रिया दिनुहोस्