प्रदेश २ कांग्रेस निर्वाचन : ४ बजेसम्म ९७७ मत खस्यो
नेपाली कांग्रेसकोे प्रदेश २ को नयाँ नेतृत्व चयनका लागि जारी निर्वाचनमा ४ बजेसम्म ९७७ मत मात्र खसेको छ ।
जनकपुरधामको गोपाल धर्मशालामा जारी मतदानमा चारबजेसम्ममा ९७७ मत खसेको निर्वाचन संयोजक प्रह्लाद गौतमले जानकारी दिए । निर्वाचन आज साढे ९ बजेदेखि सुरु भएको हो ।
कांग्रेस प्रदेश २ को नयाँ नेतृत्वका लागि दुईवटा प्यानल रहेको छ । केन्द्रीय सभापति शेरबहादुर देउवा समुहबाट रौतहटका सभापति कृष्ण यादव र विमलेन्द्र निधि-शेखर कोइराला समुहबाट प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव उभापतिका उम्मेदवार हुन् ।
मतदानमा १ हजार ९८० जना प्रतिनिधि सहभागी रहेको छन् ।