Logo
६ पुस २०८१, शनिबार
(December 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी राष्ट्रिय सम्मेलनमा करिब १५०० प्रतिनिधि सहभागी हुने

यही पुस ११ देखि १३ गतेसम्म हुने नेकपा माओवादी केन्द्र राष्ट्रिय सम्मेलनको लागि अहिले तीव्र तयारीमा जुटेको छ ।

पार्टी कार्यालय कोटेश्वरमा बुधबार पत्रकार सम्मेलन गर्ने माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले सम्मेलनको तयारी तीव्र पारिएको जानकारी दिएका छन् ।

माओवादीको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म प्रज्ञा भवन कमलादीमा हुँदैछ ।सम्मेलनमा वैचारिक राजनीतिक बहस हुनुका साथै अध्यक्ष प्रचण्डले प्रस्तुत गर्ने राजनीतिक डकुमेन्टमाथि घनिभूत छलफल हुनेछ ।

सम्मेलनमा प्रदेश, सल्लाहकार, विभाग, आयोग, जेष्ठ मञ्च, भ्रातृ संगसंगठनलगायतबाट समेत गरी करिब १५०० प्रतिनिधि सहभागी हुनेछन् ।

त्यसका लागि अहिले प्रचण्ड डकुमेन्ट लेख्न व्यस्त छन् । महराले नयाँ क्रान्तिकारी नयाँ पार्टी र क्रान्तिकारी नयाँ विचार निर्माण गर्नु अहिलेको आवश्यकता भएको भन्दै २१औं शताब्दीसम्म आइपुग्दा अहिलेको परिस्थितिमा परिवर्तन आएको बताए ।

राष्ट्रिय सम्मेलनमा पार्टीले भोगेका सम्पूर्ण विषयमाथि पनि समीक्षा हुने महराले बताए ।महराले राष्ट्रिय सम्मेलनको प्रचारप्रसार पनि तीव्र पारिएको बताए ।

भक्तपुर, ललितपुर र काठमाडौमा गेट बनाउने, आकाशे पुलमा ब्यानर राख्ने लगायतका काम सुरु भएको छ । सम्मेलनमा अन्य दलहरुलाई नबोलाउने निर्णय भएको महराले जानकारी दिएका छन् ।

प्रकाशित मिति: Dec 22, 2021

प्रतिक्रिया दिनुहोस्