प्रदेश २ मा आज कांग्रेसको नयाँ नेतृत्व चयनको मतदान, देउवा र निधीपक्षका उम्मेदवारबिच प्रतिस्पर्धा
नेपाली कांग्रेसको प्रदेश नं २ मा नयाँ नेतृत्व चयन गर्नका लागि आज मतदान हुँदै छ । प्रदेश सभापतिमा दुई जनाको उम्मेदवारी परेको छ ।
प्रदेश २ का संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव र रौतहट जिल्ला सभापति कृष्ण यादवले सभापतिमा उमेदवारी दर्ता गराएका हुन् ।
उनीहरुले जनकपुरधामस्थित गोपाल धर्मशाला पुगेर हिजो उमेदवारी दर्ता गराएका हुन् ।रामसरोजलाई नेता शेखर कोइराला र विमलेन्द्र निधिको समर्थन रहेको छ भने कृष्णलाई सभापति शेरबहादुर देउवाको समर्थन छ ।
उम्मेदवारको अन्तिम नामावली राति १० बजे प्रकाशन गरिएको छ । प्रदेशमा सभापति, उपसभापति, महामन्त्री तथा एक महिलासहित तीन सहमहामन्त्री पदमा निर्वाचन हुँदैछ ।