Logo
३ आश्विन २०८१, बिहीबार
(December 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दोहोरो अंकले बढ्यो सेयरबजार, कारोबार रकममा भएन सुधार

stokसेयरबजार आज दोहोरो अंकले बढेको छ तर कारोबार रकममा भने अझै सुधार हुनसकेको छैन।

आज २ अर्ब ३८ करोड ३२ लाख रुपैयाँको मात्रै सेयर किनबेच भएको हो।

बिहान ११ बजे खुलेदेखि नै बजार उकालो लागेको थियो। दिउँसो ३ बजे बजार बन्द हुँदा बजार परिसूचक नेप्से ५६.७३ अंकले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

आज क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि ११.३४ अंकले बढेको छ।

आजको कारोबारमा २२६ कम्पनी सामेल भएकामा ४९ लाख ७४ हजार कित्ता सेयर बिक्री भएका छन्।

मंगलबार १३ वटै उपसूचक हरियो भएका छन्।

ग्रिन डेभलपमेन्ट बैंक, जानकी फाइनान्स र रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले १० प्रतिशत वा सोही हाराहारीमा कमाए पनि अन्य लगानीकर्ताले कमाउन सकेका छैनन्।

आज पनि लगानीकर्ताहरुले अधिकतम ८.८९ प्रतिशतसम्म गुमाएका छन्।

आज कम्पनीहरुको १४ करोड रुपैयाँसम्मको अधिकतम कारोबार भएको छ।

प्रकाशित मिति: Dec 21, 2021

प्रतिक्रिया दिनुहोस्