माओवादी केन्द्र बागमती प्रदेश अध्यक्षमा पौडेल निर्वाचित, कसले कति मत पाए ?
नेकपा माओवादी केन्द्रको बागमती प्रदेशको अध्यक्षमा सिन्धुपाल्चोकका सरल सहयात्री पौडेल विजयी भएका छन् ।
सोमबार साँझ भएको निर्वाचनमा अर्का प्रत्यासी काभ्रेपलाञ्चोकका दिनानाथ गौतमलाई ७६ मतान्तरले पराजित गर्दै पौडेल अध्यक्षमा विजयी भएका हुन् ।
पौडेलले १६२ मत पाएका थिए भने गौतमले ८६ मत मात्रै पाएका थिए ।यस्तै, तीन जना उपाध्यक्षमा रुपा महर्जन, प्रेमबहादुर पुलामी र रामप्रसाद ढुंगाना विजयी भएका छन् भने सचिवमा काभ्रेका इन्द्रबहादुर थिङ (छिन्ताङ) निर्वाचित भएका हुन् ।
तीन जना सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ तथा कोषाध्यक्षमा संगीता भट्टराई निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
अध्यक्षसहित पदाधिकारीमा सहमति हुन नसकेपछि सोमबार राति मतदान भएको थियो ।