Logo
३ आश्विन २०८१, बिहीबार
(December 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महिला केन्द्रीय सदस्यमा २६५० मत गणना हुँदा देउवा पक्षका उम्मेदवारको अग्रता कायमै

नेपाली कांग्रेसको महिला खुला केन्द्रीय सदस्यको मत गणनामा सभापति शेरबहादुर देउवा पक्षीय उम्मेदवारले अग्रता कायमै राखेका छन्।

२६५० मतगणना हुँदा सबै भन्दा अग्रस्थानमा डिला सङ्ग्रौला छन्। उनले १६५० मत प्राप्त गरेकी छन्। दोस्रो स्थानमा पुष्पा भुसाल छन्।

भुसालले १५५९, आरजु राणाले १४५६, अम्बिका बस्नेतले १३१०, ईश्वरी न्यौपानेले १२९६ मत ल्याएका छन्। राणाबाहेक सबै गत कार्यसमितिमा केन्द्रीय सदस्यमा थिए।

देउवा पक्षबाट नै रमा कोइरालाले १०५८, सुशिला ढकालले १०४१ र रंगमती शाहीले १०२५ मत ल्याएका छन्।

सभापतिका उम्मेदवार बनेका डा शेखर कोइराला पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका सरिता प्रसाईंले ११९० र अनिता देवकोटाले ९९१ मत प्राप्त गरेका छन्।

महिलाको खुलातर्फ ९ जना चयन हुने विधानको व्यवस्था छ। ९ पदका लागि ३० जनाको उम्मेदवारी परेको थियो।

प्रकाशित मिति: Dec 20, 2021

प्रतिक्रिया दिनुहोस्