Logo
३ आश्विन २०८१, बिहीबार
(December 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल टेलिकमको सजिलो अनलिमिटेड पोस्टपेड अफर सार्वजनिक, के के छन् सुविधा?

नेपाल टेलिकमले ‘सजिलो अनलिमिटेड पोस्टपेड प्याक’ अफर ल्याएको छ।

काठमाडौं- नेपाल टेलिकमले ‘सजिलो अनलिमिटेड पोस्टपेड प्याक’ अफर ल्याएको छ। यसबाट दैनिक प्राप्त हुने प्याक सकिए पनि थप शुल्कबिना नै प्याकेज अवधिभरी नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस कल गर्न सकिन्छ।

त्यसैगरी प्याकमा उपलब्ध डाटा लिमिट सकिएपछि प्याकेजको बाँकी अवधिभरी ६४ केबीपीएसको स्पिडमा निःशुल्क डाटा चलाउन सकिने भएको छ।

सजिलो अनलिमिटेड प्याक अन्तर्गत पोस्टपेडमा ५९९, ७९९, ९९९ र १४९९ का प्याकहरु उपलब्ध रहेको जनाएको छ। सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफर अन्तर्गत ३० दिनसम्म चलाउन मिल्नेगरी ५ सय ९९ रुपैयाँमा अनलिमिटेड अननेट भ्वाइस सेवा उपलब्ध हुने टेलिकमले जनाएको छ।

सजिलो अनलिमिटेड पोस्टपेड ७९९ अफर अन्तर्गत जम्मा ७ सय ९९ रुपैयाँमा अनलिमिटेड अननेट भ्वाइस सेवा, प्रतिदिन १ जीबीका दरले ३० दिन प्रयोग गर्न सकिने ३० जीबी डाटा, २०० वटा अननेट सन्देश, ५० मिनेट अफ नेट भ्वाइस (अन्य नेटवर्कमा समेत कल गर्न सकिने) र ५० वटा अफ नेट सन्देश पठाउने सुविधा उपलब्ध हुने टेलिकमले जनाएको छ।

सजिलो अनलिमिटेड पोस्टपेड ९९९ अफर अन्तर्गत जम्मा ९ सय ९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस र ४ सय वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन २ जीबीका दरले ३० दिनसम्म प्रयोग गर्न सकिने ६० जीबी डाटा, एक सय मिनेट अफ नेट भ्वाइस र १ सय वटा अफ नेट सन्देश पठाउन सकिने टेलिकमको भनाइ छ।

सजिलो अनलिमिटेड पोस्टपेड १४९९ अफर अन्तर्गत १ हजार ४ सय ९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस, एक हजार वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन ४ जिबीका दरले ३० दिन प्रयोग गर्न सकिने १२० जीबी डाटा, २ सय मिनेट अफ नेट भ्वाइस र २ सय वटा अफ नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध टेलिकमको भनाइ छ।

यसैगरी सजिलो अनलिमिटेड प्रिपेड ५९९ प्याकमा ५ सय ९९ रुपैयाँ मा प्रतिदिन १ जिबीका दरले २८ दिन प्रयोग गर्न सकिने २८ जीबी डाटा उपलब्ध हुने टेलिकमको भनाइ छ।

प्रकाशित मिति: Dec 20, 2021

प्रतिक्रिया दिनुहोस्