Logo
७ पुस २०८१, आईतबार
(December 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । व्यास नगरपालिका-१ सिमलटारमा बसले स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा व्यास-२ मालेबगर बस्ने ६० वर्षीय खड्कबहादुर लामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ना ७ ख ६४०७ नम्बरको बसले ग १९ प ८५६४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएका लामाको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।

प्रकाशित मिति: Dec 19, 2021

प्रतिक्रिया दिनुहोस्