Logo
१५ पुस २०८१, सोमबार
(December 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नागरिकता नहुनेलाई पनि नाम मतदाता नामवलीमा सामेल गराउन उपेन्द्रको माग

जसपा अध्यक्ष उपेन्द्र यादवले नागरिकता नहुनेलाई पनि मतदाता नामावलीमा समावेश गर्नुपर्ने माग राखेका छन् ।यादवले आज सामाजिक संजालमार्फत सबै नेपाली नागरिकहरूको नाम मतदाता नामवलीमा सामेल गराउन माग गरेका हुन् ।

उनले आसन्न निर्वाचनका लागि मतदाता नामावली संकलन भइरहेकोमानिर्वाचन प्रक्रियामा भाग लिन पाउने प्रत्येक नागरिकको नैसर्गिक अधिकार भए पनि निर्वाचन आयोगले नागरिकता हुनेलाई मात्र मतदाता नामावलीमा समावेश गरेकोमा अध्यक्ष यादवले आपत्ती जनाएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्,’निर्वाचन प्रक्रियामा भागलिन पाउनु प्रत्येक नागरिकको नैसर्गिक अधिकार हो। नागरिकता प्रमाणपत्र बनाउनु र नागरिक हुनु दुबै फरक विषय हुन् । नागरिकता प्रमाणपत्र नभएको अथवा राज्यले दिन न सकेको कारणले मात्र कुनै पनि ब्यक्ति गैरनागरिक हुनसक्दैन । लाखौं जन्मसिद्ध नागरिकहरूका सन्तानलाई अझैसम्म राज्यले नागरिकता प्रमाणपत्र दिन सकेको छैन । त्यसैगरी लाखौं मधेसीहरुलाई नागरिकता प्रमाणपत्र राज्यले प्रदान गरेको छैन । यस्तो अवस्थामा निर्वाचन आयोगले नागरिकता प्रमाणपत्र नहुनेको नाम मतदातानमावलीमा समाबेश नगर्नु , मतदान गर्न पाउने अधिकारबाट बन्चित गर्नु , निर्वाचनको प्रक्रियामा सामेल हुन बाट रोक्ने कार्य असम्बैधानिक हुनुका साथै अन्तरास्ट्रिय कानूनका बिपरित र मानबता बिरोधि कार्य हुन । निरङ्कुश पन्चायतकाल र राजाको शासनकालमा पनि यस्तो ब्यवस्था थिएन । नागरिकताको प्रमाणपत्र दिनु पर्ने दायित्व राज्यको हो , राज्यले आफ्नो जिम्मेवारी पुरा नगरेको तर त्यस्को सजाय जनताल्रे भोग्नु पर्ने यो कस्तो न्याय हो । तसर्थ सबै नेपाली नागरिकहरूको नाम मतदातानामवलीमा सामेल गर्नु पर्दछ। निर्वाचन आयोग र सरकारले यस्तो गम्भीर विषयमा समयमै ध्यान पूर्‍याओस ।कुनै पनि नागरिकलाई नागरिक अधिकारबाट बन्चित नपारियोस ।’

 

प्रकाशित मिति: Dec 19, 2021

प्रतिक्रिया दिनुहोस्