Logo
१२ मंसिर २०८१, बुधबार
(December 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ को नामकरण र राजधानी टुंग्याउन पुस ८ गतेदेखि प्रदेशसभामा छलफल गर्ने

प्रदेश २ सरकारले प्रदेशको नामकरण र राजधानी टुंग्याउने तयारीमा अहिले जुटिरहेको छ । दलहरूको आ-आफ्नै अडानले अल्झिएको नामकरण र राजधानीबारे पुस ८ गतेदेखि प्रदेशसभामा छलफल हुने तय भएको छ ।

जनता समाजवादी पार्टी नेपाल, नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गरी चार दलको दुई तिहाइको सरकार रहेकाले नाम र राजधानीको टुंगो लगाउन चौतर्फी दवाव रहँदै आएको छ ।

जसपा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा माओवादीले प्रदेशको नाम मधेस प्रदेश राख्नुपर्ने अडान राखेका छन् भने नेकपा एमालेले जनक, नेकपा एकीकृत समाजवादीले जानकी प्रस्ताव गरेका छन् ।

नेपाली कांग्रेसले मिथिला भोजपुरा र कांग्रेसकै केही सांसदले मधेस प्रदेश नाम प्रस्ताव दर्ता गराएका छन् ।प्रदेशको नाम र स्थायी राजधानी तोक्न दुई तिहाइ बहुमत आवश्यक पर्छ ।

एमालेले भने जानकी, जनक र मिथिला प्रदेशका लागि अन्य दलले सहकार्यको प्रस्ताव राखे सहयोग गर्ने तर अन्य नाममा भने सम्झौता नगर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: Dec 19, 2021

प्रतिक्रिया दिनुहोस्