Logo
३ आश्विन २०८१, बिहीबार
(December 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा.शशांक कोइरालाले केन्द्रीय सदस्य जित्लान् ?

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खुलातर्फ केन्द्रीय सदस्यका लागि भइरहेको मतगणनामा डा.शशांक कोइरालाले शुरूवाती अग्रता लिएका छन् ।

६५ मत गणनामा कोइराला ५९ मतसहित अगाडि छन् । प्रारम्भिक मतगणनामा अजयबाबु शिवाकोटीले ३२, अर्जुननरसिंह केसीले ४८, उदयशम्शेर राणाले ४१, एनपी साउदले ४६ मत ल्याएका छन्।

कुन्दन काफ्लेले ३७, केदार कार्कीले २५, गणेश लामाले २६, गुरू बरालले ३६, गोपालमान श्रेष्ठले ३८, गोविन्द भट्टराईले ३७ र गोविन्द पोखरेलले ३० मत ल्याएका छन् ।

यस्तै जितजंग बस्नेतले ३९, जीपछिरिङ लामाले ३६, दिनेश कोइरालाले ३२, तीर्थ खनियाले ३०, दीपक गिरीले ४०, दीपक कँडेलले ३०, दिलेन्द्र बडुले ३९, नैनसिंह महरले ४१, पद्मनारायण चौधरीले ३०, बलबहादुर केसीले ३३ र बालकृष्ण खाँणले ४६ मत ल्याएका छन्।

मदन अमात्यले २५, मोहन बस्नेतले ३६, रमेश लेखकले ४३, रामशरण महतले ४६, रामहरि खतिवडाले ४५, शंकर भण्डारीले ४६, सुनिल थापाले ३७, सुरेन्द्र पाण्डेले ३६ र ज्ञानेन्द्र कार्कीले ४२ मत ल्याएका छन् ।

कांग्रेस महाधिवेशनमा चार हजार छ सय भन्दा बढी मत खसेको छ। मतगणना १५ ठाउँमा भइरहेको छ ।

१२१ केन्द्रीय सदस्यका लागि करिब पाँच सय जना चुनावी मैदान छन् । खुलातर्फको ३५ जनाको सिटमा ९९ जनाले उम्मेदवारी दिएका थिए ।

प्रकाशित मिति: Dec 18, 2021

प्रतिक्रिया दिनुहोस्