पदाधिकारी सहित अहिलेसम्म १७ जना निर्वाचित, आज ३५ जना केन्द्रिय सदस्यहरुको मतगणना हुने
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत अहिलेसम्म पदाधिकारी सहित १७ जना निर्वाचित भएको घोषणा गरिएको छ ।
आज १० बजेदेखि ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यहरुको मतगणना हुँदैछ । यस अन्तरगत धेरै नेताहरूको भाग्य तय हुन बाकी छ ।
पार्टीको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार आज बिहान १० बजेदेखि खुलातर्फका केन्द्रीय सदस्यको मतगणना शुरु हुन लागेको हो ।
३५ जनाका लागि ९९ जना मैदानमा रहेका छन् । चर्चित अनुहार, पूर्व पदाधिकारीहरुदेखि लिएर नयाँ अनुहार यो समूहमा रहेकाले गणनाको बहुप्रतिक्षा भइरहेको छ ।
केन्द्रीय सदस्यको मतगणनामा सबैभन्दा बहुप्रतिक्षित समूह नै यही रहेको छ । यसमा मन्त्रीदेखि संभावित मुख्यमन्त्रीहरु मैदानमा छन् ।
संस्थापन इतरबाट समूह मिलाउन नसकेर सभापतिका आकांक्षी भएर पनि अन्तिम समयमा केन्द्रीय सदस्यमै उम्मेदवारी दिएका निवर्तमान महामन्त्री डा. शशांक कोइराला, सभापतिमै लड्ने अठोटसहित प्रचार गरेर केन्द्रीय सदस्यमै चित्त बुझाउन पुगेका गोपालमान श्रेष्ठको भिडन्त रोचक रहने छ ।
बालकृष्ण खाँण, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्कीै, रमेश लेखक लगायतको भिडन्त रोचक हुनेछ ।
नेपाली कांग्रेसको पदाधिकारी सहित अहिलेसम्म १६ जना निर्वाचित
१. सभापति
शेरबहादुर देउवा २७३३ विजयी
शेखर कोइराला १८५५ पराजित
सभापतिमा खसेको मत ४६२३
२. उप-सभापति
पूर्णबहादुर खड्का २१२१ विजयी
३. उप-सभापति
धनराज गुरूङ १९०८ विजयी
उप-सभापतिमा खसेको मत ४६७९
– विजयकुमार गच्छदार १९०६
– चन्द्र भण्डारी १५८०
– सुजाता कोइराला ६४४
– महेश आचार्य ५८९
– दिव्येश्वरी शाह १३२
४. महामन्त्री :
गगनकुमार थापा ३०२३ विजयी
५. महामन्त्री :
विश्वप्रकाश शर्मा १९८४ विजयी
महामन्त्रीमा खसेको मत ४६८२
-प्रकाशशरण महत महामन्त्रीमा १५५६
-मिनेन्द्र रिजाल ८०९
-प्रदीप पौडेल १३९३
-राजाराम कार्की १०३
६. सहमहामन्त्री (महिला)
महालक्ष्मी उपाध्याय ‘डिना’ २५३३ विजयी
-कमला पन्त २१०५
-सहमहामन्त्री (महिला) मा खसेको मत ४६८५
७. सहमहामन्त्री (आ.ज.)
भीष्मराज आङ्देम्बे २७११ विजयी
-विकास लामा १९१२
-सहमहामन्त्री (आ.ज.) मा खसेको मत ४६८८
८. सहमहामन्त्री (दलित)
जीवन परियार सहमहमन्त्री २२१२ विजयी
-मानबहादुर विश्वकर्मा २१७५
-गंगा सुनार २३२
– सहमहामन्त्री (दलित) मा खसेको मत ४६८८
९. सहमहामन्त्री ( खस-आर्य)
-किशोरसिंह राठौर (देउवासमुह) २५७६ विजयी
-देवराज चालिसे (कोइराला समूह) २०५९
१०. सहमहामन्त्री (मुस्लिम)
-फरमुल्ला मन्सुर २७७६ (देउवासमुह) विजयी
-शेख वकिल १८७१ (कोइराला समूह)
११. सहमहामन्त्री (थारु)
-उमाकान्त चौधरी (सिटौला-देउवा) २५४५ विजयी
-तेजुलाल चौधरी १७७२
१२. सहमहामन्त्री (पिछडिएको क्षेत्र)
बद्री पाण्डे (कोइराला समुह) २००९ विजयी
-जीवनबहादुर शाही (मुख्यमन्त्री) १८५२
-चेतराज बजालले ७५
१३. सहमहामन्त्री (मधेशी )
-महेन्द्र यादवले १००६ (देउवासमुह) विजयी
-रामकृष्ण यादवले ७३६
-रञ्जित कर्ण २५८
१४. केन्द्रिय सदस्य (प्रदेश २ बाट महिला)
-चित्रलेखा यादव २७३१ (देउवासमुह) विजयी
-गीता चौधरी १८८५ (कोइराला समुह)
१५. केन्द्रिय सदस्य (पिछडिएको क्षेत्र)
-अर्जुनजंगबहादुर सिंह
१६. केन्द्रिय सदस्य (प्रदेश २ बाट खुल्ला)
-आनन्द ढुंगाना, निर्विरोध
१७. केन्द्रिय सदस्य (प्रदेश २ बाट खुल्ला)
-रमेश रिजाल, निर्विरोध