आठौँ अधिवेशनबाट प्रदेशको नाम र राजधानी टुङ्गो लगाउने मुख्यमन्त्री राउतको प्रतिवद्धता
मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ को प्रदेशसभाको आठौ अधिवेशनबाट प्रदेशको नामाकरण र राजधानीको टुङ्गो लगाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
बुधबार प्रदेशसभाको आठौँ अधिवेशनको पहिलो बैठकमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेशको नाम र राजधानी आफुहरुको कमी कमजोरीको कारण समेत हुन नसकेको समेत बताए ।
उनले सधै महत्वपूर्ण रहिआएको नामाकरण र राजधानी विभिन्न कारणले गर्दा मुख्यमन्त्रीको हैसियतले आफ्नो ढिलासुस्ती तथा विधिन्न परिस्थितिले गर्दा टुङ्गयाउन नसकेको बताए ।
मुख्यमन्त्री राउतले प्रदेशको नामाकरण नहुँदा प्रदेश नं. २, दुई नम्बर प्रदेश आफैलाई घोँच्याउने गरेकाले यस अधिवेशनमा नामाकरण र राजधानीको टुङ्गो लगाउने प्रतिवद्धता व्यक्त गरे ।