Logo
१२ मंसिर २०८१, बुधबार
(December 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ : लोकतान्त्रिक समाजवादीको अवरोधकैबीच प्रदेशसभामा दुई अध्यादेश पेश

लोकतान्त्रिक समाजवादी पार्टीका सांसदको विरोधकाबीच प्रदेश २ को प्रदेशसभामा दुई वटा अध्यादेश पेश भएको छ ।

सामाजिक विकास मन्त्री नवलकिशोर साहले कृषि र विज्ञान प्रविधी विश्वविद्यालय सम्बन्धी अध्यादेश पेश गरेका हुन् ।अध्यादेशको विरोध गर्दै लोकतान्त्रिक समाजवादी पार्टीका सांसदले प्रदेशसभा बैठक अवरुद्ध पारेका थिए ।

लोसपा सांसदको अवरोधका कारण १५ मिनेटका लागि बैठक स्थगित गरेका सभामुख सरोजकुमार यादवले त्यसपछिको बैठकमा भने विरोधकै बीच अध्यादेश पेश गर्न दिए ।

अब प्रदेशसभाको बैठक पुस ८ गते (बिहीबार)बस्ने सभामुख यादवले बताएका छन् । त्यस्तै आजको बैठकमा लोसपाका सांसदले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेका थिए ।

प्रकाशित मिति: Dec 15, 2021

प्रतिक्रिया दिनुहोस्