Logo
२९ चैत्र २०८१, शनिबार
(December 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोक सेवा आयोगले खुलायो २८४ शाखा जना अधिकृतको विज्ञापन

लोक सेवा आयोगले अप्राविधिक तर्फको राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत)मा दुई सय ८४ जनाको विज्ञापन खोलेको छ ।

आयोगले बुधवार अप्राविधिक तर्फको शाखा अधिकृतमा दुई सय ८४ कर्मचारीको विज्ञापन खोलेको हो ।सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुल्ला र ज्येष्ठता गरी दुई सय ८४ जनाका लागि विज्ञापन खोलिएको छ ।

दरखास्त दिने अन्तिम मिति पुस २० गते सम्म तोकिएको छ । दोब्बर दस्तुरमा पुस २७ गतेसम्म दरखास्त दिन सकिने आयोगको सूचनामा उल्लेख छ । दरखास्त आयोगको वेबसाइटमा गई अनलाइन माध्यमबाट भर्नुपर्ने छ ।

प्रकाशित मिति: Dec 15, 2021

प्रतिक्रिया दिनुहोस्