Logo
६ पुस २०८१, शनिबार
(December 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वडीआईजी खरेलले आज नेपाल सुशासन पार्टी घोषणा गर्ने

आज नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले नेपाल सुशासन पार्टी नामक नयाँ दल घोषणा गर्ने भएका छन् ।

नेपाल सुशासन अभियान मार्फत भ्रष्टाचार विरोधी अभियानमा सक्रिय खरेलले आज दिउँसो साढे ३ बजे अनामनगरमा एक कार्यक्रमका बीच नयाँ दल घोषणा गर्न लागेका हुन् ।

राजनीतिक अस्थिरता, कुशासन र भ्रष्टाचारले देश विकास हुन नसकेको दाबी गर्दै आएका खरेलले नेपाललाई सफल र शक्तिशाली राष्ट्रका रुपमा विकास गर्न तथा मानवता, विकास र समृद्धिलाई स्थापित गर्ने उद्देश्यसहित नयाँ दल घोषणा गर्न लागेको बताएका हुन् ।

प्रकाशित मिति: Dec 10, 2021

प्रतिक्रिया दिनुहोस्