Logo
३ आश्विन २०८१, बिहीबार
(December 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली कांग्रेसको खातामा कति पैसा छ ?

नेपाली कांग्रेस पार्टीको खातामा १० लाख रुपैयाँ मौज्दात रहेको छ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार कांग्रेसको खातामा यतिबेला १० करोड रुपैयाँ मौज्दात रहेको छ । आगामी केही दिनमा हुने कांग्रेसको महाधिवेशन अन्तर्गतको बन्दसत्रमा लेखासम्बन्धी प्रस्ताव पनि पेस हुनेछ।

उनका अनुसार केन्द्रीय कार्यसमितिको बैठकमा मुख्यतया ४ प्रस्तावमा छलफल भएको थियो । कांग्रेसले यसअघि नै महाधिवेशनमा नेतृत्व चयन हुने र पछि छुट्टै विधान तथा नीतिनियमका विषयमा छलफल गरिने छ ।

‘महाधिवेशनमा पेस गर्नका लागि पार्टीका दुई महामन्त्रीको प्रतिवेदन पारित गरियो । यी दुवै प्रतिवेदन बन्दसत्रमा प्रस्तुत हुनेछन्,’ बैठकपछि जानकारी दिर्दै उनले भने।
नीति अुनसन्धान प्रशिक्षण समितिको प्रतिवेदनमाथि पनि छलफल भएको र पारित भएकोसमेत उनले जानकारी दिए।

प्रकाशित मिति: Dec 9, 2021

प्रतिक्रिया दिनुहोस्